Walk by FaithWALK BY FAITH

वाक बाई फेथको बारेमा · स्थापना २९ जुन २०२५

हाम्रो उद्देश्य र मिशन

"किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।"२ कोरिन्थी ५:७

हाम्रो उद्देश्य र मिशन

वाक बाई फेथको (Walk by Faith) सुरुवात २९ जुन २०२५ देखि त्रिएक परमेश्वरको वचन साथै नेपाली ख्रीष्टियन चर्च अल्डरशट (NCCA) को अधीनमा रही मण्डलीको हरेक सेवाकाइमा सहायता पुर्‍याउनुको साथसाथै, विश्वासद्वारा हिँड्नु उद्देश्यको साथ शारीरिक र आत्मिक स्वस्थ जीवनको उद्देश्य साथै, दाजुभाइबीचमा आत्मिक प्रेम, एकता र मित्रताको सम्बन्धमा रही विभिन्न सामाजिक काममा पनि अग्रसर रही मण्डलीको सल्लाह र सहयोगको साथ भिजनमा मात्र सीमित नभई मिशनको रूपमा सक्रिय तरिकाले अगाडि बढ्दै, येशू ख्रीष्टको ज्योति संसारमा मानिसहरूको बीचमा उदाहरणीय गवाही र साक्षी बन्नु हो।

"यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।"

याकूब २:१७

"किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।"

२ कोरिन्थी ५:७

यस जिवित वचन अनुसार Walk by Faith त्रिएक परमेश्वरको इच्छा अनुसार गठन भएको हामी विश्वास गर्दछौं।

हामी कसरी सुरु भयौं

वाक बाई फेथ (Walk by Faith) को स्थापना २९ जुन २०२५ मा भएको हो र यो नेपाली ख्रीस्टीयन चर्च अल्डरशट (NCCA) को अधीनमा सञ्चालित छ।

हाम्रो यात्रामा साथ दिनुहोस्

हाम्रो कामका समाचार र तस्बिरहरू

हाम्रो सामाजिक सञ्जाल पेजहरूमा साझा गरिएका कामका ताजा अपडेटहरू।