Walk by FaithWALK BY FAITH
समाचार

विश्वास कार्यमा - वाक बाई फेथको नेतृत्वमा एल्डरशट सरसफाइ

Aldershot town centre · २०२६ सेप्टेम्बर २०
एल्डरशट, २० सेप्टेम्बर २०२६ — नेपाली क्रिश्चियन चर्च एल्डरशट (NCCA) को सेवकाई वाक बाई फेथका करिब ३० जना स्वयंसेवकहरूले आइतबार बिहान एल्डरशट टाउन सेन्टरमा सरसफाइ गरे। यो सरसफाइ अभियान रसमुर बरो काउन्सिलको स्वीकृतिमा सम्पन्न भएको थियो। स्वयंसेवकहरूले कोर्ट रोड, वेलिङ्टन स्ट्रिट, हाई स्ट्रिट, भिक्टोरिया रोड लगायत आसपासका सडकहरू सफा गरे। अभियानमा NCCA मण्डलीका सदस्यहरूको राम्रो सहभागिता रह्यो। उनीहरूले वाक बाई फेथको टोलीसँगै मिलेर काम गरे। वाक बाई फेथले अभियानमा सहभागी सबैलाई र अभियानलाई स्वीकृति दिएकोमा रसमुर बरो काउन्सिललाई धन्यवाद दिएको छ। आगामी सरसफाइ अभियानमा सहभागी हुन चाहने जो कोहीलाई सम्पर्क गर्न स्वागत छ। "भलाइ गर्नमा हामी नथाकौँ।" (गलाती ६:९)

तस्बिरहरू

प्रतिक्रियाहरू (1)

  • Pradip२०२६ अक्टोबर ३

    Praise the Lord. Keep up the good work.

प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रियाहरू देखिनुअघि समीक्षा गरिन्छ।